भजनसङ्ग्रह १३:१-६
निर्देशकलाई; दाउदले रचेको भजन।
१३ हे यहोवा, तपाईँ कतिन्जेल मलाई बिर्सनुहुन्छ? सधैँभरि?तपाईँ कतिन्जेल आफ्नो अनुहार मदेखि अन्तै फर्काउनुहुन्छ?+
२ दिनदिनै मनमा बोझ लिएरकतिन्जेल म चिन्ताले व्याकुल भइरहूँ?कतिन्जेल मेरो शत्रुले ममाथि प्रभुत्व जमाउनेछ?+
३ हे यहोवा, मेरा परमेश्वर, मलाई हेर्नुहोस् र जवाफ दिनुहोस्।मेरा आँखामा चमक हालिदिनुहोस् ताकि म मृत्युको चीर निद्रामा पर्नु नपरोस्।
४ मेरो शत्रुले यसो भन्न नपाओस्: “मैले त्यसलाई जितेँ!”मेरो सर्वनाश नहोस् र शत्रुहरू रमाउन नपाऊन्।+
५ म त तपाईँकै अटल प्रेममा भरोसा राख्छु;+तपाईँले गर्नुहुने उद्धारमा म रमाउनेछु।+
६ म यहोवाको स्तुति गाउनेछु किनकि उहाँले मलाई प्रशस्त आशिष् दिनुभएको छ।+