भजनसङ्‌ग्रह ३१:१-२४

  • यहोवामा शरण लिने

    • “मैले आफ्नो जीवन तपाईँको हातमा सुम्पिएको छु” ()

    • “यहोवा, सत्यका परमेश्‍वर” ()

    • परमेश्‍वरको अपार भलाइ (१९)

निर्देशकलाई; दाउदले रचेको भजन। ३१  हे यहोवा, मैले तपाईँमा शरण लिएको छु।+म कहिल्यै लज्जित हुन नपरोस्‌।+मेरो उद्धार गर्नुहोस्‌ किनकि तपाईँ न्यायी हुनुहुन्छ।+  २  तपाईँको कान मतिर फर्काउनुहोस्‌।*मेरो उद्धार गर्न झट्टै आउनुहोस्‌।+मेरो लागि चट्टानमाथिको बलियो किल्ला बन्‍नुहोस्‌,मलाई बचाउन बलियो गढ बन्‍नुहोस्‌।+  ३  तपाईँ मेरा चट्टान र मेरा किल्ला हुनुहुन्छ;+तपाईँले आफ्नो नामको खातिर+ मेरो अगुवाइ गर्नुहुनेछ र मलाई डोऱ्‍याउनुहुनेछ।+  ४  तिनीहरूले लुकीछिपी बिछ्याएको जालबाट तपाईँले मलाई छुटाउनुहुनेछ+किनकि तपाईँ मेरो गढ हुनुहुन्छ।+  ५  मैले आफ्नो जीवन तपाईँको हातमा सुम्पिएको छु।+हे यहोवा, सत्यका परमेश्‍वर,* तपाईँले मलाई छुटाउनुभएको छ।+  ६  व्यर्थका, बेकामका मूर्ति पुज्नेहरूलाई म घृणा गर्छु,म त यहोवामा भरोसा राख्छु।  ७  तपाईँको अटल प्रेमको कारण म खुसीयाली मनाउनेछुकिनकि तपाईँले मेरो दुःख देख्नुभएको छ;+मेरो वेदना तपाईँलाई थाह छ।  ८  तपाईँले मलाई शत्रुहरूको हातमा सुम्पनुभएको छैनबरु मलाई सुरक्षित ठाउँमा* राख्नुभएको छ।  ९  हे यहोवा, म सङ्‌कटमा परेको छु, मलाई अनुग्रह देखाउनुहोस्‌।पीडाले गर्दा मेरा आँखा धमिला भएका छन्‌,+ मेरो पूरै शरीर कमजोर भएको छ।+ १०  शोकले मेरो जीवनलाई खाएको छ;+मेरा वर्षहरू सुस्केरामा बितेका छन्‌।+मेरो गल्तीले गर्दा मेरो बल घटेको छ।मेरा हड्डीहरू कमजोर भएका छन्‌।+ ११  मेरा सबै विरोधी, खास गरी मेरा छिमेकीहरूमेरो खिसी गर्छन्‌।+मैले चिनेजानेका मानिसहरू मलाई देखेर तर्सिन्छन्‌;मलाई बाटोघाटोमा देख्नेहरू मदेखि भाग्छन्‌।+ १२  मरेको मानिससरह तिनीहरूले मलाई आफ्नो मनबाट हटाएका छन्‌, मलाई बिर्सेका छन्‌।म फुटेको भाँडो भएको छु। १३  मैले थुप्रै झूटो हल्ला सुनेको छु;मलाई त्रासले छोपेको छ।+तिनीहरू सबै मविरुद्ध जम्मा हुन्छन्‌र मेरो ज्यान लिन षड्‌यन्त्र रच्छन्‌।+ १४  तर हे यहोवा, म तपाईँमा भरोसा गर्छु।+म घोषणा गर्छु: “तपाईँ मेरा परमेश्‍वर हुनुहुन्छ।”+ १५  मेरो जीवन तपाईँको हातमा छ।मेरा शत्रुहरू र मलाई सताउनेहरूको हातबाट मलाई छुटाउनुहोस्‌।+ १६  तपाईँको सेवकमाथि तपाईँको मुहार चम्कोस्‌।+तपाईँको अटल प्रेमको कारण मलाई जोगाउनुहोस्‌। १७  हे यहोवा, तपाईँलाई पुकार्दा म लाजमा पर्नु नपरोस्‌।+बरु दुष्टहरू लाजमा परून्‌;+चिहानमा* परेर तिनीहरूको मुख बन्द होस्‌।+ १८  झूट बोल्ने मुख बन्द होस्‌,+जसले अहङ्‌कार, घमन्ड र घृणाले भरिएर धर्मीहरूको विरुद्धमा बोल्छ। १९  तपाईँको भलाइ कत्ति अपार छ!+त्यो तपाईँले आफ्नो डर मान्‍नेहरूका लागि साँचेर राख्नुभएको छ+अनि तपाईँमा शरण लिनेहरूलाई तपाईँले सबैसामु भलाइ गर्नुभएको छ।+ २०  तिनीहरूलाई मानिसहरूका षड्‌यन्त्रबाट बचाउनतपाईँले तिनीहरूलाई आफू उपस्थित हुने गोप्य ठाउँमा लुकाउनुहुनेछ।+घोच्ने बोलीको आक्रमणबाट बचाउन+तपाईँले तिनीहरूलाई आफ्नो निवासस्थानमा लुकाउनुहुनेछ। २१  यहोवाको प्रशंसा होस्‌किनकि म सेनाले घेरिएको सहरमा+ हुँदा उहाँले मलाई अचम्मलाग्दो तरिकाले अटल प्रेम देखाउनुभएको छ।+ २२  म त आत्तिएको थिएँ;मैले भनेँ: “म तपाईँको सामुन्‍नेबाट मेटाइनेछु।”+तर मैले तपाईँलाई गुहार्दा तपाईँले मेरो बिन्ती सुन्‍नुभयो।+ २३  हे यहोवाप्रति वफादार सबै मानिस हो, उहाँलाई प्रेम गर!+भरोसायोग्य मानिसहरूको यहोवा रक्षा गर्नुहुन्छ+तर अहङ्‌कारीहरूलाई उहाँ कडा सजाय दिनुहुन्छ।+ २४  हे यहोवाको बाटो हेर्नेहरू हो,+साहसी होओ र तिमीहरूको मन दह्रो होस्‌।+

फुटनोटहरू

वा “तपाईँ मतिर झुक्नुहोस्‌ र सुन्‍नुहोस्‌।”
वा “विश्‍वासयोग्य परमेश्‍वर।”
वा “फराकिलो ठाउँमा।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।