भजनसङ्‌ग्रह ८९:१-५२

  • यहोवाको अटल प्रेमको स्तुति

    • दाउदसित करार ()

    • दाउदको सन्तान सदाको लागि स्थिर हुनेछन्‌ ()

    • परमेश्‍वरको अभिषिक्‍त जनले उहाँलाई “बुबा” भनेर पुकार्छन्‌ (२६)

    • दाउदसित गरिएको पक्का करार (३४-३७)

    • मानिस मृत्युको पन्जाबाट मुक्‍त हुन सक्दैन (४८)

मास्किल।* एज्रहवंशी एतानको रचना।+ ८९  यहोवाले देखाउनुभएको अटल प्रेमको म सदा स्तुति गाउनेछु।म आफ्नो मुखले सबै पुस्तालाई तपाईँको वफादारीको बखान गर्नेछु।  २  किनकि मैले भनेँ: “तपाईँको अटल प्रेम सदा रहिरहनेछ+अनि तपाईँले आफ्नो वफादारीलाई स्वर्गमा स्थिर पार्नुभएको छ।”  ३  “मैले रोजेको जनसित मैले करार गरेको छु;+मेरो सेवक दाउदसित मैले यस्तो शपथ खाएको छु:+  ४  ‘तिम्रो सन्तानलाई म सदाको लागि स्थापित गर्नेछु,+तिम्रो सिंहासनलाई म पुस्तौँपुस्तासम्म स्थिर पार्नेछु।’”+ (सेला)  ५  हे यहोवा, स्वर्गले तपाईँका अचम्मका कामहरूको प्रशंसा गर्छ,हो, पवित्र जनहरूको समुदायमा तपाईँको वफादारीको बयान गर्छ।  ६  स्वर्गमा यहोवाको बराबरीमा आउन सक्ने अरू को छ?+परमेश्‍वरका छोराहरूमा+ यहोवाजस्तो कोही छ र?  ७  पवित्र जनहरूको समुदायले परमेश्‍वरको श्रद्धा गर्छ;+उहाँको वरपर रहेकाहरू सबैको लागि उहाँ महान्‌ हुनुहुन्छ,उहाँलाई देखेर तिनीहरू भय र श्रद्धाले भरिन्छन्‌।+  ८  हे सेनाहरूका परमेश्‍वर यहोवा,हे याह, तपाईँजस्तो पराक्रमी अरू को छ?+तपाईँ हरेक कुरामा विश्‍वासयोग्य हुनुहुन्छ।+  ९  समुद्रको हलचललाई तपाईँ काबूमा राख्नुहुन्छ;+त्यसका छालहरू उर्लेर आउँदा तपाईँ त्यसलाई शान्त पार्नुहुन्छ।+ १०  तपाईँले राहाबलाई*+ परास्त गरेर टुक्राटुक्रा पार्नुभएको छ।+आफ्नो बलियो पाखुराले तपाईँले आफ्ना शत्रुहरूलाई तितरबितर पारिदिनुभएको छ।+ ११  स्वर्ग तपाईँको हो र पृथ्वी पनि तपाईँकै हो;+उर्वर भूमि र त्यसमा भएका सबै थोक तपाईँकै हुन्‌+​—ती सबै तपाईँले नै रच्नुभएको हो। १२  उत्तर र दक्षिण पनि तपाईँले नै बनाउनुभयो;ताबोर+ र हर्मोनले+ खुसी हुँदै तपाईँको नामको प्रशंसा गर्छन्‌। १३  तपाईँको पाखुरा शक्‍तिशाली छ;+तपाईँको हात बलियो छ;+तपाईँको दायाँ हात उच्च पारिएको छ।+ १४  धार्मिकता र न्याय तपाईँको सिंहासनको जग हो;+अटल प्रेम र वफादारी तपाईँसामु खडा रहन्छन्‌।+ १५  आनन्दित हुन्‌ ती मानिसहरू, जो हर्षले भरिएर तपाईँको जयजयकार गर्छन्‌।+हे यहोवा, तिनीहरू तपाईँको मुहारको ज्योतिमा हिँड्‌छन्‌। १६  तपाईँको नामको कारण तिनीहरू सारा दिन हर्षित हुन्छन्‌अनि तपाईँको धार्मिकताको कारण तिनीहरू महिमित हुन्छन्‌। १७  किनकि तिनीहरूको बलको गौरव तपाईँ नै हुनुहुन्छ+अनि तपाईँको अनुग्रहले गर्दा हामी झन्‌झनै बलियो हुन्छौँ।*+ १८  किनकि यहोवाले नै हामीलाई ढाल दिनुभएको हो।इस्राएलका पवित्र परमेश्‍वरले नै हामीलाई राजा दिनुभएको हो।+ १९  त्यतिबेला तपाईँले आफ्ना वफादार जनहरूलाई दर्शनमा* यसो भन्‍नुभयो:“मैले एक पराक्रमी जनलाई बल दिएको छु;+मैले मानिसहरूमध्ये एक जनालाई रोजेर उच्च तुल्याएको छु।+ २०  मैले आफ्नो सेवक दाउदलाई भेट्टाएको छु;+मैले मेरो पवित्र तेलले तिनलाई अभिषेक गरेको छु।+ २१  मेरो हातले तिनलाई थाम्नेछ+अनि मेरो पाखुराले तिनलाई बलियो पार्नेछ। २२  कुनै पनि शत्रुले तिनीबाट तिरो असुल्नेछैन,कुनै दुष्ट मानिसले तिनीमाथि अत्याचार गर्नेछैन।+ २३  म तिनकै अगाडि तिनका शत्रुहरूलाई टुक्राटुक्रा पारिदिनेछु;+तिनलाई घृणा गर्नेहरू सबैलाई म ढालिदिनेछु।+ २४  मेरो वफादारी र अटल प्रेम तिनीसित छ,+मेरो नामको कारण तिनी झन्‌झनै बलियो हुनेछन्‌।* २५  म समुद्रलाई तिनको हातमुनि* राखिदिनेछुअनि नदीहरूलाई तिनको दायाँ हातमुनि राखिदिनेछु।+ २६  तिनले यसो भनेर मलाई पुकार्नेछन्‌: ‘तपाईँ मेरो बुबा हुनुहुन्छ,मेरो परमेश्‍वर र मेरो उद्धार गर्ने चट्टान।’+ २७  अनि तिनलाई म आफ्नो पहिलो सन्तान तुल्याउनेछु,+पृथ्वीका राजाहरूमध्ये सर्वोच्च।+ २८  तिनीप्रतिको मेरो अटल प्रेम म सदा कायम राख्नेछु+अनि तिनीसितको मेरो करार कहिल्यै तोडिनेछैन।+ २९  तिनको सन्तानलाई म सदाको निम्ति स्थापित गर्नेछुअनि जसरी स्वर्ग सधैँ रहन्छ, त्यसरी नै तिनको सिंहासन पनि सधैँ रहने बनाउनेछु।+ ३०  तिनका छोराहरूले मेरो व्यवस्था त्यागेर तिनीहरू मेरो स्तरअनुसार* चलेनन्‌ भने ३१  तिनीहरूले मेरा विधिविधान उल्लङ्‌घन गरेर मेरा आज्ञाहरू पालन गरेनन्‌ भने ३२  तिनीहरूको अनाज्ञाकारिताको* लागि म तिनीहरूलाई छडीले हिर्काउनेछु+र तिनीहरूको गल्तीको लागि म तिनीहरूलाई कोर्रा लगाउनेछु। ३३  तर तिनीप्रतिको मेरो अटल प्रेम म कहिल्यै बिर्सनेछैनँ +र मेरो प्रतिज्ञालाई कहिल्यै झूटो साबित हुन दिनेछैनँ।* ३४  म आफ्नो करार तोड्‌नेछैनँ +र आफ्नो मुखले बोलेको कुरा फेर्नेछैनँ।+ ३५  मैले आफ्नो पवित्रताको नाममा सदाको लागि कसम खाएको छु;म दाउदसित झूट बोल्दिनँ।+ ३६  तिनको वंश सधैँ रहिरहनेछ;+तिनको सिंहासन सूर्यझैँ मेरो सामुन्‍ने सदा टिकिरहनेछ।+ ३७  आकाशमा रहेको विश्‍वासयोग्य साक्षी जूनजस्तैत्यो सदालाई स्थिर रहनेछ।” (सेला) ३८  तर तपाईँ आफैले तिनलाई हटाइदिनुभयो र त्याग्नुभयो।+आफ्नो अभिषिक्‍त जनसित तपाईँ अत्यन्तै क्रोधित हुनुभयो। ३९  आफ्नो सेवकसित गरेको करारलाई तपाईँले तुच्छ ठान्‍नुभएको छ;तिनको मुकुटलाई भुईँमा फ्याँकेर तपाईँले त्यसलाई बिटुलो पारिदिनुभएको छ। ४०  तिनका सबै ढुङ्‌गाका पर्खाल* तपाईँले भत्काइदिनुभयो;तिनका किल्लाहरू तपाईँले तहसनहस पारिदिनुभयो। ४१  त्यहाँबाट भएर जानेहरू सबैले तिनलाई लुटेका छन्‌;तिनका छिमेकीहरूको नजरमा तिनी घृणाको पात्र भएका छन्‌।+ ४२  तिनका शत्रुहरूलाई तपाईँले विजयी तुल्याउनुभएको छ;*+तिनका दुस्मनहरूलाई तपाईँले रमाउने कारण दिनुभएको छ। ४३  साथै तपाईँले तिनको तरबारको विरोध गर्नुभयो,तपाईँले तिनलाई युद्धको मैदानमा टिक्न दिनुभएन। ४४  तिनको गौरवको तपाईँले अन्त गरिदिनुभयोर तिनको सिंहासनलाई जमिनमा हुर्ऱ्याइदिनुभयो। ४५  तिनको युवावस्थाको दिन तपाईँले घटाइदिनुभयो;तपाईँले तिनलाई लाजको वस्त्र पहिऱ्‍याइदिनुभयो। (सेला) ४६  हे यहोवा, तपाईँ कतिन्जेल लुकिरहनुहुन्छ, सधैँभरि?+के तपाईँको क्रोधको आगो सधैँभरि बलिरहन्छ? ४७  मेरो जीवन कत्ति छोटो छ, नबिर्सनुहोस्‌!+तपाईँले मानिसजातिलाई कुनै उद्देश्‍य नराखी बनाउनुभएको हो र? ४८  यस्तो मानिस को छ, जो सधैँ बाँचिरहन्छ र कहिल्यै मर्दैन?+के उसले आफूलाई मृत्युको पन्जाबाट* मुक्‍त गर्न सक्छ? (सेला) ४९  हे यहोवा, तपाईँको अटल प्रेमको कारण तपाईँले पहिले-पहिले गर्नुभएका कामहरू कहाँ गए?आफ्नो वफादारीको कारण तपाईँले दाउदसित शपथ खानुभएका कुराहरू कहाँ गए?+ ५०  हे यहोवा, तपाईँका सेवकहरूको कसरी खिल्ली उडाइएको छ, सम्झनुहोस्‌।जातिजातिले गरेको बेइज्जती मैले कसरी सहनुपरेको छ, हेर्नुहोस्‌; ५१  हे यहोवा, तपाईँका शत्रुहरूले कसरी तपाईँको अभिषिक्‍त जनको अपमान गरेका छन्‌, हेर्नुहोस्‌;तिनले चालेको हरेक पाइलाको तिनीहरूले कसरी धज्जी उडाएका छन्‌, हेर्नुहोस्‌। ५२  यहोवाको सदा प्रशंसा होस्‌। आमिन, आमिन।+

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
यसले मिश्रलाई वा मिश्रको फारोलाई जनाएको हुन सक्छ।
शा., “हाम्रो सिङ उचालिन्छ।”
शब्दावली हेर्नुहोस्‌।
शा., “तिनको सिङ उचालिन्छ।”
वा “अधिकारमा।”
वा “न्यायअनुसार।”
वा “विद्रोहको।”
शा., “मेरो वफादारी छोड्‌नेछैनँ।”
वा “ढुङ्‌गाका शरणस्थानहरू।”
शा., “तिनका शत्रुहरूको दायाँ हात उचाल्नुभएको छ।”
शा., “शिओलको हातबाट।” शब्दावलीमा “शिओल” हेर्नुहोस्‌।