भजनसङ्‌ग्रह ९:१-२०

  • परमेश्‍वरका आश्‍चर्यलाग्दा कामहरूको घोषणा

    • यहोवा शरणस्थान हुनुहुन्छ ()

    • परमेश्‍वरको नाम थाह पाउनु उहाँलाई भरोसा गर्नु हो (१०)

निर्देशकलाई; मुथ-लाब्बेनमा* मिलाउने। दाउदले रचेको भजन। א [आलेफ] ९  हे यहोवा, सारा हृदयले म तपाईँको प्रशंसा गर्नेछु;तपाईँका आश्‍चर्यलाग्दा कामहरू सबै म अरूलाई बताउँछु।+  २  तपाईँको साथ पाएकोमा म रमाउनेछु र तपाईँको जयजयकार गर्नेछु;हे सर्वोच्च परमेश्‍वर, तपाईँको नामको म स्तुति गाउनेछु।*+ ב [बेथ]  ३  मेरा शत्रुहरू तपाईँबाट भाग्दा+तिनीहरूले ठेस खानेछन्‌ र तिनीहरू नाश हुनेछन्‌।  ४  तपाईँले मेरो पक्षमा निसाफ गरिदिनुभएको छ र मेरो रक्षा गर्नुभएको छ;तपाईँ सिंहासनमा विराजमान हुनुहुन्छ र सही न्याय गर्नुहुन्छ।+ ג [गिमेल]  ५  तपाईँले जातिजातिलाई हप्काउनुभएको छ+ र दुष्टलाई नाश गर्नुभएको छ,तिनीहरूको नाम तपाईँले सदाको लागि मेटिदिनुभएको छ।  ६  शत्रुचाहिँ सदाको लागि नाश भएको छ;तपाईँले तिनीहरूको सहरलाई तहसनहस पारिदिनुभएको छर तिनीहरूलाई कसैले सम्झनेछैन।+ ה [हे]  ७  यहोवा सदाको लागि सिंहासनमा बस्नुभएको छ;+उहाँले न्याय गर्न आफ्नो सिंहासन स्थिर गरी बसाल्नुभएको छ।+  ८  उहाँले पृथ्वीको* निष्पक्ष न्याय गर्नुहुनेछ;+उहाँले पक्षपात नगरी जातिजातिको इन्साफ गर्नुहुनेछ।+ ו [वाव]  ९  थिचोमिचोमा परेकाहरूका लागि यहोवा शरणस्थान* हुनुहुन्छ,+उहाँ विपत्तिको बेला शरण लिने ठाउँ हुनुहुन्छ।+ १०  तपाईँको नाम थाह पाउनेहरूले तपाईँमै भरोसा गर्नेछन्‌;+हे यहोवा, तपाईँलाई खोज्नेहरूलाई तपाईँ कहिल्यै त्याग्नुहुन्‍न।+ ז [जयिन] ११  सियोनमा विराजमान यहोवाको स्तुति गाओ;उहाँका कामहरूबारे मानिसहरूलाई बताओ।+ १२  उहाँले मारिएकाहरूको रगतको बदला लिनुहुनेछ र तिनीहरूलाई कहिल्यै बिर्सनुहुनेछैन;+कष्टमा परेकाहरूको वेदना उहाँले कहिल्यै बिर्सनुहुनेछैन।+ ח [हेत] १३  हे यहोवा, मलाई मृत्युको ढोकाबाट उठाउने तपाईँ नै हुनुहुन्छ;+ममाथि दया गर्नुहोस्‌; मलाई घृणा गर्नेहरूले दिएको दुःख हेर्नुहोस्‌ १४  ताकि म तपाईँका महान्‌ कामहरूबारे सियोनकी छोरीका* ढोकाहरूमा घोषणा गर्न सकूँ+र तपाईँले दिनुहुने छुटकारामा रमाउन सकूँ।+ ט [टेथ] १५  जातिजातिहरू आफैले खनेको खाल्टोमा जाकिएका छन्‌;आफूले थापेको जालमा तिनीहरूको आफ्नै खुट्टा परेको छ।+ १६  यहोवाले दिनुहुने सजायबाट उहाँ कस्तो परमेश्‍वर हुनुहुन्छ भनेर देखिन्छ।+दुष्टको कर्तुत नै उसको लागि पासो बनेको छ।+हिग्गायोन।* (सेला) י [योद] १७  दुष्टचाहिँ चिहानमा* फर्किजानेछ,परमेश्‍वरलाई बिर्सने जातिहरूको हालत पनि त्यस्तै हुनेछ। १८  तर दरिद्रहरूलाई सधैँको लागि बिर्सिइनेछैन+र नम्रको आशा निराशामा बदलिनेछैन।+ כ [काफ] १९  हे यहोवा, उठ्‌नुहोस्‌! तुच्छ मानिस विजयी हुन नपाओस्‌।तपाईँकै सामुन्‍ने जातिजातिको फैसला होस्‌।+ २०  हे यहोवा, तिनीहरूलाई भयभीत पार्नुहोस्‌,+मानिस कति तुच्छ रहेछ भनेर जातिजातिले बुझून्‌। (सेला)

फुटनोटहरू

शब्दावली हेर्नुहोस्‌।
वा “तपाईँको नामको प्रशंसा गर्न म धुन बजाउनेछु।”
वा “उर्वर भूमिको।”
वा “अग्लो किल्ला।”
“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।
शब्दावली हेर्नुहोस्‌।
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।