यसैया २९:१-२४
२९ “अरिएललाई* धिक्कार छ! दाउदले छाउनी हालेको त्यस सहरलाई धिक्कार छ!+तिमीहरू वर्षैपिच्छे चाड मनाइरहो,+हरेक वर्ष त्यसै गर।
२ तर म अरिएलमा+ दुःख ल्याउनेछु;त्यहाँका बासिन्दाहरू शोकमा पर्नेछन् र विलाप गर्नेछन्+अनि अरिएल मेरो नजरमा वेदीको अगेनुजस्तै हुनेछ।+
३ म तिम्रो वरिपरि छाउनी हाल्नेछु।म तिखातिखा बारले तिमीविरुद्ध घेरा हाल्नेछु।तिमीलाई घेरा हाल्न पर्खाल ठड्याउनेछु।+
४ तिमी तल खसालिनेछौ।तल जमिनबाट तिमीले बोल्नेछौ।अनि तिम्रो बोलीलाई धुलोले ओझेलमा पार्नेछ।भूतप्रेत खेलाउने झाँक्रीको आवाजजस्तैतिम्रो आवाज जमिनबाट आउनेछ।+अनि माटोबाट तिम्रो चिरबिर सुनिनेछ।
५ तिम्रा शत्रुहरूको भीड धुलोको कणझैँ हुनेछ;+दमनकारीहरूको हुल बतासले उडाउने भुसजस्तै हुनेछ।+कसैले चालै नपाउनेगरि अचानक त्यसो हुनेछ।+
६ सेनाहरूका यहोवाले आफ्नो नजर तिमीतिर फर्काउनुहुनेछ।त्यसबेला ठूलो गर्जनको आवाज सुनिनेछ, भूकम्प जानेछ, होहल्ला मच्चिनेछ,आँधीहुरी र तुफान चल्नेछ अनि भस्म गर्ने आगो दन्किनेछ।”+
७ तब अरिएलसित+ युद्ध गर्न आउने जातिहरू,उसलाई आक्रमण गर्न आउनेहरूको भीड,उसलाई दुःख दिन खोज्नेहरूअनि उसलाई घेरा हाल्न बनाइएका किल्लाहरूसपनाजस्तै अनि रातको दर्शनजस्तै* हुनेछन्।
८ सियोन डाँडासित+ युद्ध लड्न आउने जातिजातिको भीडको हालत यस्तो हुनेछ,मानौँ, भोकले भाउन्न छुटेको मानिसले खानेकुरा खाएको सपना देख्छतर ब्युँझिँदा ऊ भोकै हुन्छ।अथवा तिर्खाले प्याकप्याक भएको मानिसले पानी पिएको सपना देख्छतर ब्युँझिँदा ऊ थाकेको र तिर्खाएको हुन्छ।
९ छक्क पर अनि अचम्म मान।+केही पनि नदेख्नेगरि अन्धा होओ।+तिनीहरू मात्तिएका छन् तर रक्सीले होइन।तिनीहरू लर्खराएका छन् तर रक्सीको मात लागेर होइन।
१० यहोवाले तिमीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको छ।+उहाँले तिमीहरूका आँखालाई—तिमीहरूका भविष्यवक्ताहरूलाई अन्धो बनाइदिनुभएको छ।+अनि तिमीहरूका शिरलाई—तिमीहरूका दर्शीहरूलाई घुम्टोले ढाकिदिनुभएको छ।+
११ प्रत्येक दर्शन तिमीहरूको लागि छाप लगाएर बन्द गरिएको पुस्तकझैँ भएको छ।+ त्यो पुस्तक तिनीहरूले कोही पढ्न जान्नेलाई “यो ठूलो स्वरले पढिदेऊ न” भनेर दिँदा उसले यसो भन्छ: “म यो पढ्न सक्दिनँ किनकि यसलाई त छाप लगाएर बन्द गरिएको छ।”
१२ अनि तिनीहरूले पढ्न नजान्नेलाई “यो पढिदेऊ न” भनेर त्यो पुस्तक दिँदा उसले यसो भन्छ: “म त पढ्नै जान्दिनँ।”
१३ यहोवा यसो भन्नुहुन्छ: “यी मानिसहरू मुखले त मेरो नजिक आउँछन्अनि ओठले त मलाई आदर गर्छन्+तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।भन्न त तिनीहरू ‘म परमेश्वरको डर मान्छु’ भन्छन् तर मानिसहरूले बनाएको नियममा चल्छन्।+
१४ त्यसैले म फेरि यी मानिसहरूमाझ छक्कलाग्दो काम गर्नेछु,+एकपछि अर्को छक्कलाग्दो काम।तिनीहरूमाझ भएका बुद्धिमान्हरूको बुद्धि नष्ट हुनेछअनि समझदारहरूको समझ बिलाएर जानेछ।”+
१५ धिक्कार छ तिनीहरूलाई, जो आफ्ना योजनाहरू* यहोवाको नजरबाट लुकाउन मरिमेट्छन्।+तिनीहरू अँध्यारो ठाउँमा आफ्नो काम गर्छन्अनि यसो भन्छन्: “हामीलाई कसले देखेको छ र?हामी के गर्दै छौँ, कसलाई के थाह?”+
१६ कुरा बङ्ग्याउन तिमीहरू कत्ति सिपालु छौ!के कुमाले र माटो बराबर हुन्छ?+के बनेको चिजले बनाउनेलाई यसो भन्छ:“उसले मलाई बनाएकै होइन”?+अनि के रचिएको चिजले रचनाकारलाई यसो भन्न सुहाउँछ:“ऊसित फिटिक्कै समझ छैन”?+
१७ केही बेरमै लेबनान फलफूल बगानमा परिणत हुनेछ+अनि त्यो बगान वनजस्तै हुनेछ।+
१८ त्यस दिन बहिरोले त्यस पुस्तकमा लेखिएको कुरा सुन्नेछअनि अन्धोले बादल र घोर अन्धकारबाट पनि देख्नेछ।+
१९ नम्रहरूले यहोवाको कारण ठूलो रमाहट गर्नेछन्अनि गरिबहरू इस्राएलका पवित्र परमेश्वरको कारण आनन्दित हुनेछन्।+
२० किनकि दमन गर्ने कोही पनि बाँकी रहनेछैन।घमन्ड गर्नेको विनाश हुनेछअनि अरूलाई कसरी हानि पुऱ्याऊँ भनेर बाटो हेर्दै बस्ने सबै नाश हुनेछन्।+
२१ ज-जसले झूटो बयान दिएर अरूलाई दोषी साबित गर्छन्,ज-जसले सहरको मूलढोकामा न्याय कायम गर्नेलाई* फसाउन पासो थाप्छन्+अनि ज-जसले फोस्रा तर्कहरू गरेर धर्मी मानिसमाथि अन्याय गर्छन्, तिनीहरू सबै नाश हुनेछन्।+
२२ त्यसकारण अब्राहामलाई+ मोल तिरेर छुटाउनुहुने यहोवा याकुबको घरानालाई यसो भन्नुहुन्छ:
“याकुब अबदेखि लज्जित हुनुपर्नेछैन।अब उपरान्त उसको अनुहारको रङ्ग उड्नेछैन।*+
२३ किनकि जब उसले आफ्नो वरिपरि आफ्ना छोराछोरीलाई—मेरा हातका कामलाई देख्नेछ,+तब तिनीहरू सबैले मेरो नामको सम्मान गर्नेछन्;हो, तिनीहरूले याकुबका पवित्र परमेश्वरको आदर गर्नेछन्।अनि तिनीहरू इस्राएलका परमेश्वरप्रति श्रद्धाले भरिनेछन्।+
२४ ज-जसको मन बरालिएको थियो, तिनीहरू समझदार हुनेछन्अनि गनगन गर्नेहरूले निर्देशन पालन गर्नेछन्।”
फुटनोटहरू
^ यसको अर्थ “परमेश्वरको वेदीको अगेनु” हुन सक्छ। यसले यरुसलेमलाई जनाएको हुन सक्छ।
^ वा “सल्लाहहरू।”
^ शा., “सच्याउनेलाई।”
^ अर्थात्, लाज र निराशाले।