यसैया ३३:१-२४
३३ धिक्कार तिमीलाई, जो अरूलाई नाश गर्छौ तर आफूचाहिँ नाश भएका छैनौ;+जो अरूलाई धोका दिन्छौ तर आफूले चाहिँ धोका पाएका छैनौ!तिमीले नाश गरेपछि तिमीलाई पनि नाश गरिनेछ।+तिमीले अरूलाई धोका दिएपछि तिमीलाई पनि धोका दिइनेछ।
२ हे यहोवा, हामीमाथि कृपा देखाउनुहोस्।+हामीले तपाईँमै आशा गरेका छौँ।हरेक बिहानी तपाईँ हाम्रो बाहुबल बन्नुहोस्,+दुःखको समयमा हाम्रो उद्धारक बन्नुहोस्।+
३ तपाईँ गर्जनुहुँदा जातिजातिका मानिसहरू भाग्छन्;तपाईँ उठ्नुहुँदा राष्ट्रहरू तितरबितर हुन्छन्।+
४ भोका सलहहरू बालीमाथि जाइलागेझैँ मानिसहरू तिमीहरूको लुटको मालमाथि जाइलाग्नेछन्;सलहको बथानले झैँ तिनीहरू त्यसमाथि झम्टिनेछन्।
५ यहोवा उच्च पारिनुहुनेछकिनकि उहाँ उच्च ठाउँमा विराजमान हुनुहुन्छ।उहाँले सियोनलाई न्याय र सुकर्मले भरिपूर्ण पार्नुहुनेछ।
६ अनि उहाँले तिमीहरूलाई स्थिर गराउनुहुनेछ;प्रशस्त मात्रामा उद्धार,+ बुद्धि र ज्ञानका साथै यहोवाको निम्ति श्रद्धा दिनुहुनेछ+—यही नै तिमीहरूको सम्पत्ति हुनेछ।
७ हेर, तिनीहरूका* शूरवीरहरू सडकमा रुँदै छन्;शान्तिका दूतहरू धुरुधुरु रुँदै छन्।
८ राजमार्ग सुनसान भएको छ;बाटोमा हिँड्नेहरू कोही छैन।उसले* करार भङ्ग गरेको छ,सहरहरूलाई तुच्छ ठानेको छ,उसले मानिसलाई कुनै मोलको ठान्दैन।+
९ देशले विलाप गर्दै छ* र त्यो उजाड भएको छ।लेबनान लाजमा परेको छ;+ त्यो ओइलाएको छ।सारोनचाहिँ मरुभूमिजस्तै भएको छअनि बासान र कर्मेलका पातहरू झरेका छन्।+
१० यहोवा भन्नुहुन्छ, “अब म उठ्नेछु,म आफूलाई उच्च पार्नेछु;+म आफूलाई महिमित पार्नेछु।
११ तिमीहरू सुक्खा घाँसलाई गर्भधारण गर्छौ र ठोसोलाई जन्म दिन्छौ।तिमीहरूको आफ्नै सोचाइले तिमीहरूलाई आगोले झैँ भस्म गर्नेछ।+
१२ अनि जातिजातिका मानिसहरूको हालत जलेको चुनझैँ हुनेछ।काटेको काँडालाई झैँ तिनीहरूलाई आगोमा जलाइनेछ।+
१३ ए टाढा-टाढाका मानिसहरू हो, म के गर्नेछु भनेर सुन।अनि ए नजिकका मानिसहरू हो, मेरो पराक्रमलाई स्विकार।
१४ सियोनका पापी मानिसहरू त्रसित भएका छन्;+धर्मत्यागीहरू थरथर काँपेका छन्।तिनीहरू एकअर्कालाई यसो भन्छन्: ‘भस्म गर्ने आगोसामु को टिक्न सक्छ र?+निभाउनै नसकिने आगोसामु को खडा हुन सक्छ र?’
१५ जो सही बाटोमा हिँडिरहन्छ,+जसले सत्य बोल्छ,+जसले छलकपट र बेइमानीको नाफा लिन इन्कार गर्छ,जसले घुस थाप्नदेखि आफ्नो हातलाई रोक्छ,+जसले अरूको रगत बगाउने योजना सुन्नदेखि आफ्नो कान थुन्छअनि जसले खराब कुरा नहेर्न आफ्नो आँखा बन्द गर्छ,
१६ त्यस्तो मानिस उच्च ठाउँमा बस्नेछ,चट्टानका गढीहरू उसको शरणस्थान* हुनेछन्,उसलाई खानेकुराको कुनै कमी हुनेछैनअनि उसलाई कहिल्यै पानीको अभाव हुनेछैन।”+
१७ अनि तिमीहरूका आँखाले राजालाई उसको पूरा वैभवसहित देख्नेछन्अनि टाढाको देशलाई देख्नेछ।
१८ तिमीहरूको मनले पहिलेको त्रासलाई सम्झेर* यसो भन्नेछ:“सचिव कहाँ छ?तिरो तिर्ने मानिस कहाँ गयो?+धरहरा गन्ने मानिस खै?”
१९ तिमीहरूले सोमत नभएका ती मानिसहरूलाई फेरि कहिल्यै देख्नेछैनौ,जसको भाषा बुझ्न असाध्यै गाह्रो छ,जसको भकभके बोली तिमीहरू बुझ्न सक्दैनौ।+
२० हामीले चाडहरू मनाउने गरेको सहर सियोनलाई हेर!+तिमीहरूका आँखाले यरुसलेमलाई शान्त वासस्थानको रूपमा देख्नेछन्,एउटा यस्तो पाल जो कहिल्यै हटाइनेछैन।+त्यसका किलाहरू कहिल्यै उखेलिनेछैनन्अनि त्यसका डोरीहरू कहिल्यै चुँडाइनेछैनन्।
२१ तर हाम्रा शक्तिशाली परमेश्वर यहोवालेहाम्रो निम्ति नदी र ठूलठूला नहर बनेर हाम्रो रक्षा गर्नुहुनेछ।हामीसित लड्न युद्धपोतहरू आउनेछैनन्अनि ठूलठूलो जहाज एउटै पनि त्यहाँबाट जानेछैन।
२२ किनकि यहोवा हाम्रा न्यायकर्ता हुनुहुन्छ,+यहोवा हाम्रा कानुनदाता हुनुहुन्छ,+यहोवा हाम्रा राजा हुनुहुन्छ;+हामीलाई बचाउने उहाँ नै हुनुहुन्छ।+
२३ तिमीहरूका* जहाजका डोरीहरू खुकुलो हुनेछन्;तिनीहरूले मस्तुललाई बलियोगरि थाम्न अनि पाललाई फैलाउन सक्नेछैनन्।त्यसबेला लुटका मालहरू प्रशस्तै बाँडिनेछ;लङ्गडोले समेत थुप्रै मालसामान लैजानेछ।+
२४ अनि त्यस देशको कुनै बासिन्दाले यसो भन्नेछैन: “म बिरामी छु।”+किनकि त्यहाँका मानिसहरूको पाप क्षमा गरिनेछ।+
फुटनोटहरू
^ यसले यहुदालाई सङ्केत गरेको हुनुपर्छ।
^ यसले शत्रुहरूलाई जनाउँछ।
^ वा सम्भवतः “देश सुकेको छ।”
^ वा “अग्लो किल्ला।”
^ वा “मनन गरेर।”
^ अर्थात्, शत्रुहरूका।