यसैया ५८:१-१४

  • साँचो उपवास र देखावटी उपवास (१-१२)

  • विश्रामदिन, अत्यन्तै खुसीको दिन (१३, १४)

५८  उहाँले मलाई भन्‍नुभयो: “चुप लागेर नबस, ठूलो स्वरले कराऊ!बिगुलको जस्तै चर्को आवाज निकाल।मेरा मानिसहरूले गरेको विद्रोह तिनीहरूलाई बताऊ,+याकुबका घरानाले गरेको पाप तिनीहरूलाई सुनाऊ।  २  तिनीहरू हरेक दिन मलाई यतिबिघ्न खोज्छन्‌अनि मेरो मार्ग चिन्‍न पाएकोमा यतिबिघ्न रमाउँछन्‌ किमानौँ, तिनीहरू परमेश्‍वरको धार्मिक मार्गमा हिँड्‌ने जाति हुन्‌;मानौँ, तिनीहरूले परमेश्‍वरको न्यायिक स्तरलाई कहिल्यै बङ्‌ग्याएकै छैनन्‌।+तिनीहरू मलाई न्याय गरिदिनुहोस्‌ भनेर आग्रह गरेको ढोँग गर्छन्‌,परमेश्‍वरसित नजिक हुन पाउँदा खुसी भएझैँ गर्छन्‌।+  ३  तिनीहरू भन्छन्‌: ‘हामी उपवास बस्दा तपाईँ किन वास्तै गर्नुहुन्‍न?+हामीले आफ्ना पापहरूका लागि शोक गर्दा तपाईँ किन आँखा चिम्लनुहुन्छ?’+किनभने उपवासको दिनमा पनि तिमीहरू आफ्नै इच्छा पूरा गर्न खोज्छौ,तिमीहरू आफ्ना मजदुरहरूमाथि अत्याचार गर्छौ।+  ४  उपवास बसेको दिन तिमीहरू गालीगलौज अनि झैझगडा गर्छौअनि तिमीहरू दुष्टताको मुड्‌कीले हिर्काउँछौ।यसरी उपवास बस्दा के स्वर्गमा तिमीहरूको सुनवाइ हुन्छ र?  ५  मैले तिमीहरूलाई यसरी उपवास बस भनेको थिएँ र?उपवासको दिन तिमीहरू आफैलाई चोट पुऱ्‍याउँछौ,लामो घाँस नुहेझैँ तिमीहरू आफ्नो शिर झुकाउँछौ,तिमीहरू भाङ्‌ग्रा र खरानीलाई आफ्नो ओछ्यान बनाउँछौ।यसलाई तिमीहरू उपवास भन्छौ? यो देखेर यहोवालाई खुसी लाग्छ भन्ठान्छौ?  ६  मैले त यसरी पो उपवास बस भनेको थिएँ:अन्यायको नेल फुकालेर फाल,जुवाको बन्धन खोल,+अत्याचारमा परेकाहरूलाई छुटाओ,+सबै जुवालाई भाँचिदेओ,  ७  भोकाहरूसित रोटी बाँड,+गरिब र बेघरहरूलाई आफ्नो घरमा ल्याओ,कसैलाई नाङ्‌गो देख्यौ भने उसलाई लुगा देओ,+आफ्ना दाजुभाइलाई देख्दा पीठ नफर्काओ।  ८  तब तिमीहरूको ज्योति बिहानीको किरणजस्तै चम्किनेछ+अनि तिमीहरू चाँडै निको हुनेछौ।तिमीहरूको धार्मिकता तिमीहरूको अघिअघि जानेछअनि यहोवाको महिमा तिमीहरूलाई रक्षा गर्न तिमीहरूको पछिपछि आउनेछ।+  ९  तिमीहरूले यहोवालाई पुकार्नेछौ अनि उहाँले जवाफ दिनुहुनेछ;तिमीहरूले उहाँलाई गुहार्दा उहाँले यसो भन्‍नुहुनेछ, ‘म यहाँ छु!’यदि तिमीहरूले आफूमाझ भएको जुवा उतारिदियौअनि एकअर्कालाई औँला ठड्‌याउन र दुष्ट कुरा बोल्न छोड्‌यौ भने,+ १०  तिमीहरू आफैले खान चाहेको कुरा भोकाहरूलाई दियौ भने+अनि दीनदुःखीहरूको ख्याल राख्यौ भनेतिमीहरूको ज्योति अन्धकारमा पनि चम्किनेछअनि तिमीहरूको अन्धकार पनि मध्यदिनजस्तै चहकिलो हुनेछ।+ ११  यहोवाले सधैँ तिमीहरूलाई डोऱ्‍याउनुहुनेछ,उहाँले सुक्खा ठाउँमा पनि तिमीहरूलाई तृप्त पार्नुहुनेछ,+उहाँले तिमीहरूको हड्डी बलियो बनाउनुहुनेछ,अनि तिमीहरू प्रशस्त पानी पाएको बगैँचाजस्तै हुनेछौ;+तिमीहरू कहिल्यै नसुक्ने पानीको मुहानजस्तै हुनेछौ। १२  तिमीहरूले तहसनहस भएको सहर फेरि बनाउनेछौ,+पुस्तौँअघि भत्किएको जग फेरि हाल्नेछौ,+भत्किएको* पर्खाल बनाउनेहरू भनेर तिमीहरू चिनिनेछौ,+तिमीहरू बाटो बनाउनेहरू भनेर चिनिनेछौ, जसको वरपर फेरि मानिसहरू बस्नेछन्‌। १३  यदि तिमीहरू मेरो पवित्र दिन, विश्रामदिनमा* आफ्नै इच्छा पूरा गर्नतिर लागेनौ भने,*+यदि तिमीहरूले विश्रामदिनलाई अत्यन्तै खुसीको दिन, यहोवाको पवित्र दिन र महिमाको दिन ठान्यौ भने+अनि आफ्नो इच्छा पूरा गर्नु र बेकारको कुरा गर्नुभन्दा त्यस दिनलाई महत्त्व दियौ भने १४  तिमीहरू यहोवालाई सम्झेर अत्यन्त खुसी हुनेछौअनि म तिमीहरूलाई पृथ्वीका अग्ला ठाउँहरू अधिकार गर्न दिनेछु।+तिमीहरूका पुर्खा याकुबको देशको उब्जनी म तिमीहरूलाई खान दिनेछु,+यो कुरा यहोवाको मुखबाटै निस्केको वचन हो।”

फुटनोटहरू

शा., “चिरा परेको।”
हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।
शा., “इच्छा पूरा गर्नदेखि आफ्नो पाइला फर्कायौ भने।”