यसैया ६५:१-२५
६५ “जसले मेरो खोजीनिती गरेनन्, तिनै मानिसहरूसामु म देखा परेँ।जसले मलाई खोज्दै खोजेनन्, तिनै मानिसहरूले मलाई भेट्टाए।+जसले मेरो नामै पुकारेनन्, तिनै जातिलाई मैले भनेँ, ‘म यहाँ छु, म यहाँ छु!’+
२ मैले हठी मानिसहरूको अगाडि दिनभरि हात फैलाइरहेँ,+जो खराब बाटोमा हिँडिरहेका छन्+र आफ्नै विचारअनुसार चलिरहेका छन्।+
३ तिनीहरू मेरै मुखको सामुन्ने बारम्बार मेरै अपमान गर्छन्,+तिनीहरू बगैँचाहरूमा बलि चढाउँछन्+ अनि माथिसम्म धुवाँ उठ्नेगरि इँटामा बलि चढाउँछन्।
४ तिनीहरू चिहानहरूको वरपर बस्छन्+र गुप्त ठाउँहरूमा* रात बिताउँछन्अनि सुँगुरको मासु खान्छन्+र आफ्ना भाँडामा अशुद्ध कुराले बनेको सुरुवा राख्छन्।+
५ तिनीहरू भन्छन्, ‘टाढै बस, मेरो नजिक नआओकिनकि म तिमीहरूभन्दा पवित्र छु।’*तिनीहरू मेरो नाकमा धूँवाजस्ता छन्र दिनभरि बलिरहने आगोजस्ता छन्।
६ हेर! मेरै सामने यो कुरा लेखिएको छ;म चुपचाप बस्नेछैनँ;म तिनीहरूलाई तिनीहरूको कामको प्रतिफल दिनेछु;+तिनीहरूले आफ्नो कामको पूरापूर* सजाय पाउनेछन्।
७ तिनीहरूको गल्ती र तिनीहरूका पितापुर्खाको गल्तीको लागि समेत तिनीहरूले सजाय पाउनेछन्,”+ यहोवा भन्नुहुन्छ।“किनकि तिनीहरूले माथिसम्म धुवाँ उठ्नेगरि डाँडाहरूमा बलि चढाएका छन्अनि डाँडाहरूमा मेरो बेइज्जत गरेका छन्।+त्यसैले सबैभन्दा पहिला तिनीहरूको गल्तीको पूरापूर* ज्याला म तिनीहरूलाई दिनेछु।”
८ यहोवा यसो भन्नुहुन्छ:“जसरी नयाँ रक्सी बनाउन मिल्ने अङ्गुरको झुप्पा देख्दा मानिसहरू भन्छन्,‘त्यसलाई नष्ट नगर, त्यसमा केही असल कुरा* छ,’त्यसरी नै मेरा सेवकहरूको खातिर म केही गर्नेछु।म तिनीहरू सबैलाई नाश गर्नेछैनँ।+
९ याकुबबाट म सन्तान उत्पन्न गर्नेछुअनि मेरा डाँडाहरूको उत्तराधिकारी हुन यहुदाबाट सन्तान उत्पन्न गर्नेछु।+मैले चुनेका जनहरूले त्यसमाथि अधिकार गर्नेछन्,मेरा सेवकहरू त्यहाँ बस्नेछन्।+
१० सारोनको मैदान+ भेडाहरूको खर्क हुनेछअनि आकोर बेँसी+ वस्तुभाउ विश्राम गर्ने ठाउँ हुनेछ।मेरो खोजी गर्ने मेरा मानिसहरूको खातिर म यी सब गर्नेछु।
११ तर तिमीहरू त यहोवालाई त्याग्नेहरूमध्येका हौ,+जसले मेरो पवित्र डाँडालाई बिर्सेका छन्,+जसले सौभाग्य देवताको लागि टेबुल तयार गर्छन्अनि भविष्य बताउने देवताको लागि मसला हालिएको रक्सी प्यालामा टक्य्राउँछन्।
१२ त्यसैले तिमीहरू तरबारले काटिनेछौ,+तिमीहरू सबै काटिनलाई घोप्टो पर्नेछौ।+किनकि मैले बोलाउँदा तिमीहरूले जवाफ दिएनौ,मैले बोल्दा तिमीहरूले सुनेनौ।+मेरो नजरमा जे खराब छ, तिमीहरूले त्यही गरिरह्यौअनि मलाई जे मन पर्दैन, तिमीहरूले त्यही रोज्यौ।”+
१३ त्यसैले ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ:“हेर! मेरा सेवकहरूले खानेछन् तर तिमीहरू भने भोकै रहनेछौ।+हेर! मेरा सेवकहरूले पिउनेछन्+ तर तिमीहरू भने तिर्खाउनेछौ।हेर! मेरा सेवकहरू रमाउनेछन्+ तर तिमीहरू भने लाजमा पर्नेछौ।+
१४ हेर! मेरा सेवकहरूको मन खुसी हुनेछ र तिनीहरूले जयजयकार गर्नेछन्।तर तिमीहरूको मन भने दुःखले भरिनेछ र तिमीहरू रुनेछौअनि साह्रै निराश भएर तिमीहरू डाँको छोडी-छोडी रुनेछौ।
१५ तिमीहरूले यस्तो नाम कमाउनेछौ, जुन नाम मैले चुनेका जनहरूले सराप्न चलाउनेछन्।ब्रह्माण्डका मालिक यहोवाले तिमीहरू प्रत्येकलाई मृत्युदण्ड दिनुहुनेछतर आफ्ना सेवकहरूलाई भने उहाँले अर्कै नामले बोलाउनुहुनेछ।+
१६ तब पृथ्वीमा आशिष् पाउन चाहने जो कोहीले पनिसत्य* परमेश्वरबाट आशिष् पाउनेछर पृथ्वीमा शपथ खाने जो कोहीले पनिसत्य* परमेश्वरको नाममा शपथ खानेछ।+किनकि पहिलेका दुःखहरू बिर्सिइनेछन्,ती मेरो नजरबाट लुकाइनेछन्।+
१७ किनकि हेर, म नयाँ आकाश र नयाँ पृथ्वी सृष्टि गर्दै छु+अनि पहिलेका कुराहरू फेरि सम्झनामा आउनेछैनन्;ती कुराहरू तिमीहरूले फेरि कहिल्यै आफ्नो मनमा खेलाउनेछैनौ।+
१८ त्यसैले म जे सृष्टि गर्दै छु, त्यसमा तिमीहरू खुसी होओ र सधैँभरि हर्ष मनाओ।किनकि हेर! म यरुसलेमलाई सृष्टि गर्नेछु र त्यो हर्षोल्लासको कारण बन्नेछअनि त्यसका बासिन्दाहरू रमाहटको स्रोत हुनेछन्।+
१९ तब म यरुसलेमलाई देखेर खुसी हुनेछु र मेरा मानिसहरूलाई देखेर रमाउनेछु;+त्यहाँ फेरि कहिल्यै रोदनको आवाज वा वेदनाको चीत्कार सुनिनेछैन।”+
२० “त्यहाँ फेरि कुनै पनि शिशु थोरै दिन मात्र बाँचेर मरिहाल्नेछैन,वृद्ध मानिस पनि आफ्नो पूरा उमेरसम्म जिउनेछ।सय वर्षसम्म बाँचेर मर्ने मानिसलाई समेत जवानै ठानिनेछतर पापी मानिस भने सय वर्ष बाँचे पनि ऊ श्रापितै भएर मर्नेछ।*
२१ तिनीहरूले घर बनाउनेछन् र त्यसमा बस्नेछन्।+तिनीहरूले अङ्गुर बगान लगाउनेछन् र त्यसको फल खानेछन्।+
२२ तिनीहरूले बनाएको घरमा अरू कोही आएर बस्नेछैन;तिनीहरूले रोपेको फल अरू कसैले खानेछैन।मेरा मानिसहरूको आयु रूखको जस्तै हुनेछ;+मैले चुनेका जनहरूले आफ्नो हातको कामबाट पूरापूर आनन्द उठाउनेछन्।
२३ तिनीहरूको परिश्रम खेर जानेछैन;+तिनीहरूका छोराछोरी दुःख पाउनलाई जन्मिनेछैनन्।किनकि तिनीहरू र तिनीहरूका छोराछोरी सबैयहोवाले आशिष् दिनुभएका जाति हुन्।+
२४ तिनीहरूले पुकार्नुअघि नै म जवाफ दिनेछु।तिनीहरूले बोल्न नसिद्धिँदै म तिनीहरूको कुरा सुन्नेछु।
२५ ब्वाँसो र पाठो सँगसँगै चर्नेछन्,सिंहले गोरुले जस्तै पराल खानेछ,+सर्पको आहारा धुलो हुनेछ।तिनीहरूले मेरो सारा पवित्र डाँडामा हानि वा नोक्सानी पुऱ्याउने कुनै काम गर्नेछैनन्,”+ यहोवा भन्नुहुन्छ।
फुटनोटहरू
^ वा सम्भवतः “पहरा गर्न बसिने झुपडीहरूमा।”
^ वा सम्भवतः “मेरो पवित्रता तिमीहरूलाई सर्ला।”
^ शा., “छातीभरि।”
^ शा., “छातीभरि।”
^ शा., “आशिष्।”
^ वा “वफादार।” शा., “आमिन।”
^ वा “वफादार।” शा., “आमिन।”
^ वा सम्भवतः “सय वर्ष नपुगी मर्ने मानिसलाई श्रापित मानिस ठानिनेछ।”