जागा रहो!
के सामाजिक सञ्जालले तपाईँको छोराछोरीलाई हानि पुऱ्याइरहेको छ?—बाइबलले कसरी आमाबुबालाई मदत गर्न सक्छ?
“अहिले युवायुवतीमा मानसिक स्वास्थ्य समस्या बढिरहेको छ। यसो हुनुको विभिन्न कारणमध्ये एउटा सामाजिक सञ्जाल पनि हो।”—अमेरिकी सर्जन जनरल डा. विवेक मूर्ति, न्यु योर्क टाइम्स, जुन १७, २०२४।
आमाबुबाले छोराछोरीलाई सामाजिक सञ्जालबाट आउने खतराहरूदेखि जोगाउन के गर्न सक्छन्? यसबारे बाइबलमा व्यावहारिक सल्लाह पाइन्छ।
आमाबुबाले के गर्न सक्छन्?
केही बाइबल सिद्धान्तहरू विचार गर्नुहोस्।
“चतुर मानिसले सोचविचार गरेर कदम चाल्छ।”—हितोपदेश १४:१५.
सामाजिक सञ्जालले छोराछोरीमा नकारात्मक असर पुऱ्याउन सक्ने भएकोले तिनीहरूलाई सामाजिक सञ्जाल चलाउन दिनै पर्छ भन्ने दबाब महसुस नगर्नुहोस्। छोराछोरीलाई सामाजिक सञ्जाल चलाउने अनुमति दिनु अगाडि तपाईँले तिनीहरूको लागि केही नियम तोकिदिन सक्नुहुन्छ। जस्तै: कति समय चलाउने, कसलाई साथी बनाउने र कस्तो कुरा नहेर्ने।
अझ धेरै बुझ्न “छोराछोरी र सामाजिक सञ्जाल—भाग १: के छोराछोरीलाई सामाजिक सञ्जाल चलाउन दिनु राम्रो हो?” र “छोराछोरी र सामाजिक सञ्जाल—भाग २: सुरक्षित भई सामाजिक सञ्जाल चलाउन सिकाउनुहोस्” भन्ने लेखहरू पढ्नुहोस्।
“समयको पूर्ण सदुपयोग गर।”—एफिसी ५:१६.
तपाईँले छोराछोरीलाई सामाजिक सञ्जाल चलाउने अनुमति दिनुभएको छ भने त्यो कसरी चलाउने भनेर केही नियम तोकिदिनुहोस्। यसो गर्दा तिनीहरूकै सुरक्षा र फाइदा हुन्छ भनेर पनि बुझाउनुहोस्। छोराछोरीको आनीबानीमा केही परिवर्तन आएको याद गर्नुभयो भने सामाजिक सञ्जाल चलाउने सन्दर्भमा केही कडिकडाउ गर्न पछि नहट्नुहोस्।
सामाजिक सञ्जाल चलाउँदा होसियार हुनुपर्छ भनेर बुझाउन छोराछोरीलाई सामाजिक सञ्जालको खतराबाट जोगिनुहोस् भन्ने ह्वाइटबोर्ड एनिमेसन देखाउनुहोस्।
अझ धेरै जान्नुहोस्
बाइबलमा हामी “असाध्यै कठिन समय”-मा बाँचिरहेका छौँ भनेर बताइएको छ। (२ तिमोथि ३:१-५) तर यस्तो कठिन अवस्थासित जुझ्न बाइबलमा व्यावहारिक सल्लाह पनि दिइएको छ। किशोरकिशोरीमा बढ्दो मानसिक स्वास्थ्य समस्या—यसबारे बाइबल के भन्छ? भन्ने लेखमा आमाबुबा र छोराछोरी दुवैको लागि उपयोगी हुने २० वटा भन्दा धेरै बाइबलआधारित सामग्रीहरू पाउन सक्नुहुन्छ।