गीत ११४
“धैर्य गर”
-
१. सर्वोच्च प्रभु याह
चाहन्छन् नाउँ चोखो पार्न।
चाहन्छन् मनैदेखि
कलङ्क सबै मेटाउन।
धीरजी भए याह
हजारौँ वर्षदेखि।
थाकेका छैनन् कैल्यै
धीरजी छन् उनी।
सबैले उद्धार पाऊन्;
यही नै हो इच्छा उनको।
व्यर्थैमा होइन सुन
याहले धीरज देखा’को।
-
२. धीरजको खाँचो आज
हिँड्न जीवनको बाटोमा।
भर्दछ मन शान्तिले
फस्दैनौँ रिसको पासोमा।
खोज्दछ भलाइ सबको;
राख्दछ उत्तम आशा।
धीरजले जोगाउनेछ
दुःखले पिरोल्दा।
धीरज र अरू सद्गुण
पवित्र शक्तिले दिने;
देखाउन सिकौँ आजै।
गरौँ कोसिस याहझैँ बन्ने।
(प्रस्थ. ३४:१४; यसै. ४०:२८; १ कोरि. १३:४, ७; १ तिमो. २:४ पनि हेर्नुहोस्)