गीत ११५
यहोवाले देखाउनुभएको धीरजप्रति आभारी
-
१. महान् यहोवा पराक्रमी;
न्यायलाई गर्छौ प्रेम कति!
संसारमा राज दुष्टताको;
थाह छ मन रुन्छ तिम्रो।
गर्दैनौ तिमी कैल्यै ढिलो;
अन्त नजिकै दुष्टताको।
(कोरस)
पर्खाइ छ नयाँ संसारको;
आभारी छौँ हे याह तिम्रो।
-
२. तिम्रो लागि त हजार वर्ष;
एक दिनझैँ त्यो चाँडै बित्छ।
भयानक दिन छ नजिकै;
ढिलो हुन्न आउँछ छिट्टै।
पापहरूलाई गरे नि घृणा,
रम्छौ पापीको पछुतोमा।
(कोरस)
पर्खाइ छ नयाँ संसारको;
आभारी छौँ हे याह तिम्रो।
(नहे. ९:३०; लुका १५:७; २ पत्रु. ३:८, ९ पनि हेर्नुहोस्)