गीत १२७
म कस्तो मानिस बनूँ?
-
१. यहोवा तिमीलाई म के भेटी दिऊँ?
यो जीवनको लागि कसरी मोल तिरूँ?
तिम्रो वचनमा म आफैलाई नियाल्छु;
देख्न सकूँ है म कस्तो मान्छे रै’छु।
(ब्रिज)
जिउने मेरो वाचा तिम्रो सेवामा;
गर्दिनँ है भक्ति कसैको करकापमा।
तनमनको सेवा नै हो मेरो इच्छा;
खुसी पार्ने माझ हुन सकूँ म।
मदत गर मलाई आफैलाई जाँच्न;
कस्तो मानिस बनूँ तिमी नै भन न।
वफादारप्रति वफादार छौ है तिमी;
सकूँ है खुसी बनाउन मैले पनि।
(भज. १८:२५; ११६:१२; हितो. ११:२० पनि हेर्नुहोस्)