गीत १२८
अन्तसम्म सहौँ!
-
१. याहको वचनको आशाले
दिन्छ बल सहने।
जे सिक्यौ अनि प्रेम गऱ्यौ,
पूरा हुन्छ है पक्कै।
अटल बनाऊ विश्वास तिम्रो,
याहको दिनलाई सम्झी।
सत्यनिष्ठा कायम राख
परीक्षाहरू सही।
-
२. नबिर्स पैलो प्रेम तिम्रो,
गुम्न सक्छ है त्यो।
चुनौतीलाई सह तिमी,
चाहे जेसुकै गुमोस्।
परीक्षा जे आए पनि,
शङ्का र डरलाई हटाऊ।
दिन्छन् याहले छुटकारा,
हुन्छन् सधैँ तिम्रो छेउ।
-
३. अन्तसम्म सहनेलाई
उद्धार दिन्छन् याहले;
जीवनको पुस्तकमा
तिनको नाम लेख्नेछन् है उनले।
त्यसैले गर न अठोट
सहन अन्तसम्मै।
पाउनेछौ याहको आशिष्;
हुनेछौ खुसी सधैँ।
(हिब्रू ६:१९; याकु. १:४; २ पत्रु. ३:१२; प्रका. २:४ पनि हेर्नुहोस्)