गीत १२९
हामी सहिरहन्छौँ!
-
१. सहन सक्छौँ
परीक्षा येसुले जस्तै।
गरे भरोसा
याहको वाचामा उनले।
मानेनन् हार कैल्यै।
इनाममा ध्यान दिए।
(कोरस)
सहनु छ जरुरी,
जोगाइराखौँ विश्वास।
अन्तसम्म सहन
दिन्छ मदत याहको मायाले।
-
२. जीवन दुःख र
आँसुले भरिएको छ।
तर खुसी छौँ,
नयाँ संसार नजिकै छ।
सङ्घर्ष गर्नेछौँ,
इनाम त्यो पाउनेछौँ।
(कोरस)
सहनु छ जरुरी,
जोगाइराखौँ विश्वास।
अन्तसम्म सहन
दिन्छ मदत याहको मायाले।
-
३. शङ्का गर्दैनौँ,
डराउँदैनौँ न हार मान्छौँ।
यहोवाको दिन
नआउन्जेल सहनेछौँ।
नमानौँ हार कैल्यै,
त्यो दिन छ नजिकै।
(कोरस)
सहनु छ जरुरी,
जोगाइराखौँ विश्वास।
अन्तसम्म सहन
दिन्छ मदत याहको मायाले।
(प्रेषि. २०:१९, २०; याकु. १:१२; १ पत्रु. ४:१२-१४ पनि हेर्नुहोस्)