गीत १४७
वाचा अनन्त जीवनको
-
१. वाचा अनन्त जीवनको;
डगमगिँदैन पृथ्वी।
‘फलिफाप हुन्छ नम्रको;’
पक्का आशा यही।
(कोरस)
बाँच्नेछौँ सदालाई;
जुटौँ यसैमा नै।
पक्का याहको वाचा;
हुनेछ पूरा।
-
२. कति सुन्दर त्यो बगैँचा!
मुक्त भो सन्तान याहका।
छाउनेछ लौ शान्ति त्यहाँ;
याहको निर्देशनमा।
(कोरस)
बाँच्नेछौँ सदालाई;
जुटौँ यसैमा नै।
पक्का याहको वाचा;
हुनेछ पूरा।
-
३. मरेका फेरि उठ्नेछन्;
पिरोल्दैन दुःखले।
आँसु याहले पुछ्नेछन्;
मायाको भाकाले।
(कोरस)
बाँच्नेछौँ सदालाई;
जुटौँ यसैमा नै।
पक्का याहको वाचा;
हुनेछ पूरा।
(यसै. २५:८; लुका २३:४३; युह. ११:२५; प्रका. २१:४ पनि हेर्नुहोस्)