गीत १५६
विश्वासको आँखाले
१.याह छन् साथ मेरो,
छैन है डर कसैको।
न सिंहदेखि भाग्छु,
न कतै म लुक्छु;
याह नै मेरो साहारा।
(कोरस)
विश्वासैले, देख्छु आशाको किरण।
विश्वासैले, देख्छु म याहलाई।
बलियो म हुनेछु,
साथ याहको पाउनेछु।
निडर भै’ अघि म बढ्नेछु,
विश्वासैले।
२.याहका ती वफादार जन,
गरे हर आज्ञा पालन।
खेदो सहे कति,
याहमा भर परी।
इनाम पाउन जिउँछन् फेरि।
(कोरस)
विश्वासैले, देख्छु आशाको किरण।
विश्वासैले, देख्छु म याहलाई।
बलियो म हुनेछु,
साथ याहको पाउनेछु।
निडर भै’ अघि म बढ्नेछु,
विश्वासैले।
(ब्रिज)
विश्वासैले, डाँडै सार्न सक्छु;
आशामा नै रम्न सक्छु।
आँधीहुरी सबै सहन
सक्छु म। विश्वासैले,
सक्छु जित्न।
३.देख्छु म सुन्दर संसार;
याहको उपहार।
आउँछ त्यो पक्का,
गर्नेछैन ढिला;
यहोवा हुनेछन् विजयी।
(कोरस)
विश्वासैले, देख्छु आशाको किरण।
विश्वासैले, देख्छु म याहलाई।
बलियो म हुनेछु,
साथ याहको पाउनेछु।
निडर भै’ अघि म बढ्नेछु,
विश्वासैले।
विश्वासैले।
(हिब्रू ११:१-४० पनि हेर्नुहोस्।)