गीत ३१
परमेश्वरसित हिँडौँ!
(मिका ६:८)
-
१. मर्यादामा रही हिँड्नू
याहलाई माया गर्नू।
यहोवामा भर सधैँ नै पर्नू
बल पाउनेछौ तिमीले।
वचन दिनहुँ पढ्यौ भने
तर्किनेछैनौ है।
समाउनू हात यहोवाको
डोऱ्याउनेछन् तिमीलाई।
-
२. चोखो भै याहसित हिँड्नू
असल कुरामा डुब्नू।
जति नै ठूलो परीक्षा आओस्
साथ पाउनेछौ तिमीले।
जे छन् चोखो अनि मायालु,
सत्य, न्याय, साँचो,
तीनैमा लागिरहनू
पाउनेछौ साथ याहको।
-
३. खुसी भै याहसित हिँड्नू
उनैको मित्र बन्नू।
याहले दिए आशिष् धेरै नै
धन्यवादी हुनू है।
खुसीले याहसित हिँड्नू
उनैको जय गाउनू।
जान्नेछन् अरू सबैले
यहोवाकै हौ तिमी।
(उत्प. ५:२४; ६:९; फिलि. ४:८; १ तिमो. ६:६-८ पनि हेर्नुहोस्)