गीत ७४
सँगै मिलेर गाऔँ राज्यगीत!
(भजन ९८:१)
-
१. कत्ति राम्रो छ यो विजयको गीत;
गर्छ महिमा सर्वोच्च याहको।
आशा दिन्छ र वफादार बनाउँछ।
आऊ सँगै गाऔँ, सँगसँगै नै झुमौँ।
(कोरस)
‘आऊ न सबै पुजौँ याहलाई।
सुनाऔँ येसु राजा भनी!
सिकौँ यो गीत राज्यको जय गाउने;
पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’
-
२. राज्यको घोषणा गर्छ यो गीतले।
प्रभु येसु हुन् संसारका राजा।
हेर जन्म्यो, नयाँ राष्ट्र याहको;
अधिकार पाउनेछन् तिनले सदा।
(कोरस)
‘आऊ न सबै पुजौँ याहलाई।
सुनाऔँ येसु राजा भनी!
सिकौँ यो गीत राज्यको जय गाउने;
पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’
-
३. सबै नम्रले सक्छन् गाउन यो गीत;
सरल छ शब्द, सन्देश छ न्यानो।
सिकेका छन् है लाखौँ-लाखले यो गीत;
गाउन सबैलाई दिँदै छन् निम्तो।
(कोरस)
‘आऊ न सबै पुजौँ याहलाई।
सुनाऔँ येसु राजा भनी!
सिकौँ यो गीत राज्यको जय गाउने;
पवित्र नाउँ पुकार्न शिर झुकाऔँ।’
(भज. ९५:६; १ पत्रु. २:९, १०; प्रका. १२:१० पनि हेर्नुहोस्)